नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ ।
पोखरामा कात्तिक ५ र ६ गते ७१ जिल्ला र विदेश (६ देश)बाट कूल ५०० प्रतिनिधिहरूको उपस्थितिमा नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन सम्पन्न भएको हो । 
अधिवेशनबाट पारित विधानसम्बन्धी प्रमुख निर्णयहरू यस प्रकारका छन्
* आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने
* पार्टीको नाम : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)
* झण्डा र चुनाव चिन्ह - आँखा
* ९९ सदस्यीय केन्द्रीय समिति *
११ सदस्यीय पदाधिकारी [१ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष]
* सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित
* पार्टीमा युवा प्रतिनिधित्व : पालिकामा - ४०%; प्रदेश - ३०%; केन्द्र - २०% * महिला : पदाधिकारीसहित सबै समितिमा ३३%
* कार्यक्रम आय : ७,५०,०००; व्यय : ९,७७,१६०