दिलिप श्रेष्ठ
त्रिपुरासुन्दरी गाउँपालिका धादिङको स्थानीय सरकारको दोस्रो कार्यकालको पाचौं गाउँसभा तथा पालिकाको १५ औं अधिवेशन आगामी असार ९ गते आइतबार सम्पन्न हुने भएको छ । आज बसेको गाउॅं कार्यपालिकाको बैठकले गाउँपालिकाको १५ औं अधिवेशनमा आगामी असार ९ गते आइतबार नीति तथा कार्यक्रम र बजेट कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गाउॅंपालिकाको सभाहल सल्यानटारमा हुने अधिवेशनमा पालिकाले करिव ६२ करोडको बजेट ल्याउने भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि विगतका वर्षहरु जस्तै पालिकाले विषयगत विज्ञ र गाउॅंपालिका निवासी नागरिकहरूसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।