सरला खनाल
आरूघाट गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालय, गोरखाका कार्यालय टोलिले आरूघाट बजारमा सञ्चालित वस्तु तथा सेवाको आपूर्ति, व्यवसाय दर्ता, नविकरण,मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई व्यवस्थित बनाउने सन्दर्भमा बजार अनुगमन गरेको गरेको छ ।
टोलिले शनिबार गरेको अनुगमन तथा निरीक्षणमा केही बिक्रेता वा सेवा प्रदायकले कानून वा मापदण्ड विपरितका अनैतिक वस्तुहरुलाई जफतगरी नष्ट गर्ने कार्य समेत गरेको थियो । बजार अनुगमन गर्दा तत्काल केही सुधार गर्नुपर्ने सम्बन्धित व्यवसायीलाई अवधि तोकी स्थलगत लिखित निर्देशन दिई सुधार गर्न लगाएको छ । 
आरूघाट गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालय, गोरखाका कार्यालय प्रमुखको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन टोलीले आरूघाट गाउपालिकाका उपाध्यक्ष कल्पना नेपाली पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेल इलाका प्रहरी कार्यालय, आरूघाटका प्रहरी निरीक्षक नरबहादुर साउद, कृषि ज्ञान केन्द्र गोरखाका बाली संरक्षण अधिकृत बासु पौडेल नेपाल पत्रकार महासंघ गोरखा शाखाका सचिव विकास मरहट्टा ,जिल्ला प्रशासन गोरखा शाखा नायव सुब्बा विश्व रोका मगर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखा पशु सेवा सुदिप विक अनुगमनमा सहभागी थिए ।
अनुगमनमा आरुघाट गाउपालिका सहायक फार्मेसिस्ट गोविन्द रेग्मी , गोरखा उद्योग वाणिाज्य संघका सदस्य पुस्कल अर्याल, पर्यटन तथा गोरखा कास किसान गुरुङ,र आरुघाट गाउपालिकाको कर्मचारी,प्रहरी,पत्रकार, गोरखा उद्योग वाणिाज्य संघ आरुघाट इकाई अध्यक्ष लगायतको संयुक्त टोलीको टोलि पनि थियो ।




