जोइन वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको १३ औ वार्शिक साधारणसभा सप्पन्न भएको छ ।
संस्थाको अध्यक्ष बाबुलाल श्रेष्ठको अध्यक्ष तामा एव चन्द्रागिरी वचत तथा ऋण सहकारी संस्था लि. थानकोट काठमाडौं तथा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको अध्यक्ष योगेन्द्रकुमार कुवरको प्रमुख आथिथ्यामा सभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल वित्तीय सस्था कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष पशुराम खनाल र राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख लोकेन्द्र केसीको विशेष आतिथ्याता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुवरले सञ्चालकहरुमा देखिएको आर्थिक अपारदर्शीता कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण सहकारीमा समस्या आएको बताए । तर, यो संस्थामा सम्पुर्ण सञ्चालक लेखा समिति तथा शेयर सदस्यहरु समेत धेरै सक्रिय र जिम्मेवारी बाँडफाडको कारण कुनै समस्या नभएको प्रष्ट पारे ।
सभामा विभिन्न विधामा उत्कृष्ट सदस्यहरु र विद्यार्थीलाई सम्मान एवं पुरस्कृत समेत गरिएको थियो । सभामा आर्थिक वर्ष ०७९/८० को आर्थिक प्रगति समिक्षा र आर्थिक ०८०/०८१ को आर्थिक कार्यक्रम र बजेट समेत प्रस्तुत गरी निर्णय गरिएको थियो । सभामा संस्थाको अध्यक्ष श्रेष्ठले विगत वर्षदेखि वित्तीय बजारमा देखिएको नकारात्मक प्रभावका बाबजुत पनि संस्थाले गत आर्थिक वर्षमा गुणात्मक वृद्धी गर्न सकेको बताए । वित्तीय मन्दिको बाबजुत पनि संस्थाले आर्थिक वर्ष ०७९/८० मा १२९७९९०/५३ नाफा कमाउन सफल भएको छ ।