दिलिप श्रेष्ठ
“गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, निती निर्माणमा पहुँच, साङ्गठनिक आधार” भन्ने मुल नाराका साथ पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको १७ औ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन चरौदिमा सम्पन्न भएको छ । अधिवेशनबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको नयाँ कार्यसमितिमा कृष्णप्रसाद रिमाल चयन भएका छन् । रिमालको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन भएको हो ।
संघको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, दित्तीय उपाध्यक्षमा दानबहादुर श्रेष्ठ (हरि), सचिवमा रामप्रसाद रुपाखेती,सह– सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा रविन्द्र रिजाल रहेका छन् ।
त्यस्तै सरिता रुपाखेती, धुव्रराज ईटनी, राजेन्द्र रानामगर,अनिश श्रेष्ठ, सन्तोष दुवाडी, रोस्मित अधिकारी, कल्पना अर्याल र राजेन्द्र मिश्र सदस्यमा चयन भएका छन् ।
साधारणसभाकै अवसरमा बिनोद कडेलको संयोकजत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरीएको छ भने सदस्यहरुमा नविन श्रेष्ठ र रामप्रसाद रिजाल चयन भएका छन् ।
साधारण सभा तथा अधिवेशनमा संघका निवर्तमान अध्यक्ष पन्चकुमार श्रेष्ठको अध्यक्षता तथा संघका बागमती प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संघका बागमती प्रदेशका सल्लाहकार सदस्य तुलसीप्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।