काठमाडौं । थ्री स्टार क्लबले डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको छ ।
शनिबार थ्री स्टारले सामाजिक संजालबाट अफ्रिकन खेलाडी रिमलाई अनुबन्धित गरिएको जनाएको छ ।
थ्री स्टारले रिमसँग एक वर्षको लागि सम्झौता गरिएको जनाएको छ ।
सहिद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले रिमलाई अनुबन्ध गरेको हो ।
ए डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । राष्ट्रिय लिगको मिति भने तय भएको छैन ।