सरला खनाल
विपी स्मृति दिवसको अवसरमा गोरखाको आरुघाट गाँउपालिकाले वृक्षारोपण गरेको छ ।
आज (शनिबार) पालिकाले वडा नम्बर ९ मा आँप,लिचि,ओखर,टाँकी,कागती,जमुना,हलुवाबेल लगायत विभिन्न १६ प्रजातिका विरुवा रोपेको हो ।
पालिका अध्यक्ष राजु गुरुङको नेतृत्वमा र महिला समुहबाट विरुवा रोपिएको हो । रोपिएका विरुवा आरुपोखरीको शिव नर्सरीबाट र नमुना फलफुल कृषी फर्मको सहयोगबाट ल्याइएको हो ।
कार्यक्रमा पालिका अध्यक्ष राजु गुरुङ, वडा नम्बर ८ का अध्यक्ष मुरारी खनाललगायत पालिकाका प्रतिनिधिको सहभागीता रहेको थियो । त्यसैगरी कार्यक्रममा आरुघाट युवा क्लव र महिला समुहका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सहभागीले सबैले विपीले देखाएको बाटोमा नै आजको नेपाली समाज चलेको धारणा राखेका थिए ।