दीलिप श्रेष्ठ,सल्यानटार,धादिङ
नरसिंहधाम मन्दिर पुन:निर्माणको लागि धादिङका चार वटा गाउँपालिकाले हरेक वर्ष सहयोग गर्ने भएको छ ।
नरसिंह धाम निर्माण सहयोगार्थ संगीतमय श्रीमद्भागवत कार्यक्रम स्थल त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार पुगेर ज्वालामुखीका यामनाथ दनै ,सिद्धलेखका परशुराम खतिवडा ,नेत्रावती डबजोङका मेघनाथ रिजाल र गंगाजमुनाका प्रमुख भक्तबहादुर लामाले भवन निर्माणको लागि हरेक वर्ष सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रीमद्भागवत कार्यक्रमलाई नजिकबाट नियालेका नेत्रावती डबजोङ र सिद्धलेख गाउँपाकिाका प्रमुखले आजै व्यक्तिगत रुपमा ५१ हजार सहयोग समेत गरेका थिए । त्रिपुरासुन्दरी गाउँपालिकाले भने त्रिपुरासुन्दरीकाे ५० लाख सहयाेग गर्ने घाेषणा गरिसकेकाे छ । गाउँपालिकाले पाँच वर्षभित्रमा नरसिंहधाम मन्दिरसम्म पुग्ने सडक कालोपत्रे गर्ने पनि बचन दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतिले केही दिनअघि मात्रै केन्द्रसँगको समन्वयमा नरसिंहधाम मन्दिर निर्माणर्थको भौतिक पूर्वाधारको कुनै पनि काम बाँकी नराख्ने बताएका थिए ।
असार ४ गतेदेखि १३ गतेसम्म आज सुरु भएको कार्यक्रम भवन निर्माणको लागि २ करोड रुपैया सहयोग उठेको छ । भवनको पुन: निर्माण कार्य जारी छ । मन्दिर निर्माणको लागि ५ करोड भन्दा माथि लागत लाग्ने अनुमान गरिएको छ ।