बैशाख ६,२०७८ / प्रतिनिधि सभा पुर्नस्थापना भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन लागि परेका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालबीच अझै गठबन्धन बन्न सकेको छैन । ओली सरकार हटाउने विषयमा जसपाभित्र दुृई धार हुँदा गठबन्धन बन्न नसकेको हो । यद्पी माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा एकले अर्कोलाई दोष पनि लगाइरहेका छन् । कांग्रेस र जसपाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा गठबन्धन बन्न नसकेको आरोप लगाएको छ भने माओवादीले कांग्रेस र जसपालाई । नयाँ सरकार बनाउने विषयमा दलहरुबीच सहमति जुटन् नसकिएरहेको बेलामा आज हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग अहिलेको परिस्थीतिको विषयमा दलहरुबीच रहेका दृश्य र अदृश्य स्वार्थको रहस्यको विषयमा कुराकानी गरेका छौं ।
हेरौं विश्लेषक आचार्यसँगको कुराकानी :