काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता अझै कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६६९२ मत प्राप्तगरी आफ्नो अग्रता कायम राखेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका केशव स्थापितले ३५६२ मत प्राप्त गरेका छन् । केशव स्थापित भन्दा ३१३० मतले अगाडी छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ३११६ मत प्राप्त गरेकी छिन् । गठबन्धनको साझा उम्मेदवार समेत रहेकी सिंह सोचेअुनसारको मत प्राप्त गर्न सकेकी छैनन् ।