आइतबार, बैशाख ५,२०७८/ विगत केही वर्षदेखि नेपालको राजनीति एकदमै तरल र अस्थिर रहेको छ । यसको मुख्य दोषी व्यवस्था कि पात्र भन्ने पनि खुवै बहस हुँदै आएका छन् । कसैले पात्रलाई दोष दिन्छन् त कसैले व्यवस्थालाई । करिब दुई तिहाई नजिक जनमत पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिएपछि यो बहस फेरी सुरु भएको छ ।
स्थिरताको नारा दिएर सत्तामा पुगेको ओली सरकारले पाँच वर्षे कार्यकाल पूरा नभइ मुलुकलाई चुनावतर्फ धकेलेपछि देशमा नै नयाँ तरंग आएको छ । नेपालको राजनीति किन सधैं तरल र अस्थिर छ त ? आज हामीले नागरिक अगुवा एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठको बुझाइ जान्न चाहेका छौं ।
हेरौ विश्लेषक श्रेष्ठका विचार भिडियोमा