नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टा निर्वाचन–२०२२ को लागि जिश्वाँ तुलाधर श्रेष्ठले महासचिवको पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
यही १७ गते हुने निर्वाचनका लागि विनय बस्नेतको टीमबाट तुलाधरले महासचिवको पदमा उम्मेदवारी दिएकी हुन् ।
विगतमा नाट्टा कार्यसमितिको विभिन्न पदमा कुसलता पूर्वक कार्यसम्पादन गरेकी जिस्वा हाल नाट्टा सचिवको रुपमा कार्यरत छिन् । आन्तरिक पर्यटन प्रवर्द्धन विशेष रुची राख्ने उनी आफैँ एक सक्रिय पदयात्रीसमेत हुन् ।
बस्नेतको टीममा उनीसहित उपाध्यक्षमा सुनिल शर्मा, सुधीरकुमार उपाध्याय, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजुले उम्मेदवारी दिएका छन् ।
विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा, सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठकले भने कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । गत सोमबार मात्रै बस्नेत समुहले पत्रकार सम्मेलन गरेरै उम्मेदवारी घोषण गरेक थिए ।
जिश्वाँ तुलाधर श्रेष्ठ को हुन् ?
मकवानपुरको भिमफेदिमा जन्मिएकी जिस्वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेकी छिन् । विगत २२ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय जिस्वाले १७ वर्षदेखि स्वा ट्राभल्स होलिडेज संचालन गर्दै आइरहेकी छिन् ।
विगतमा नाट्टा कार्यसमितिको विभिन्न पदमा कुसलता पूर्वक कार्यसम्पादन गरेकी जिस्वा हाल नाट्टा सचिवको रुपमा कार्यरत छिन् । आन्तरिक पर्यटन प्रवर्द्धन विशेष रुची राख्ने उनी आफैँ एक सक्रिय पदयात्रीसमेत हुन् । नेपालका विभिन्न पदयात्रा क्षेत्रमा उनले पर्यटकहरुलाई भ्रमण गराएकी छिन् ।
एडभेन्चर टुरिजम र स्पोर्ट्स टुरिजममा विशेष रुची राख्ने जिस्वाले अटो एसिया जिमखाना च्याम्पियनशिप प्रतियोगितामा भुतपुर्व पहिलो नेपाली महिला चालक २०१८ मा सहभागि भई नेपाललाई पदक दिलाउन सफल सफल भएकी थिइन । सोलो वुमन ट्राभलर च्यालेन्ज”मा समेत भाग लिई अन्नपूर्ण आधार शिविरसम्मको विजेता तुलाधर सामाजिक क्षेत्रमासमेत उत्तिकै सक्रिय छिन् । महिला सशक्तिकरण एवं महिला सहभागीतामैत्री पर्यटन क्षेत्रको अभियान्ता उनी टुरिजम सिस्टरहुड की संस्थापक अध्यक्षका साथै नेपाल अटो मोबाइल एशोसियसनकी कार्यकारी सदस्यसमेत हुन् । प्रष्टसँग आफ्ना कुराहरू राख्न सक्ने, प्रविधिमैत्री, सबैसँग घुलमिल हुनसक्ने क्षमता भएकी र राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो व्यवसाय फैलाइसकेकी जिस्वाले महासचिव पदमा उम्मेदवारी दिएकी हुन् ।