सफल त्यो व्यक्ति हो, जसले आफूलाई सही र विश्वस्त निर्णयको कर्मबाट आाफ्नो संकल्प पुरागरि छाड्छ । सफल त्यो हुल्छ, जसले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा आफूले देखेको सपना र लिएको संकल्पमा खर्च गर्छ । सफलता आाफैमा केही नभएर यो त चेतनशिल प्राणिले आफ्नो विवेकको माध्यामबाट छरिएर जाने सम्पूर्ण ऊर्जाको विभिन्न स्रोतलाई लक्ष्य र संकल्पको हतियार बनाई अगाडी आउने बाधाहरुलाई परास्त गर्दै जाने भीष्म प्रतिज्ञा हो ।
हो, यस्तै आाफ्ना जीवनमा आएका विभिन्न अवरोध र स साना समस्याहरुलाई आफ्नो दृढ संकल्प र तीव्र इच्छा शत्तिको हतियारले परास्त गरेर आफूलाई एक सफल महिला उद्यमीको रुपमा स्थापित गर्न सफल एक उदाहरणीय पात्र हुन् व्यावसायी सुचित्रा घिमिरे । सैनामैना नगरपालिका वडा नम्बर ४ रुपन्देही, मुर्गीया निवासी माता सिता घिमिरे र पिता नित्यानन्द घिमिरेकी छोरी सुचित्रा घिमिरे । उनी आफ्नो जीवनको यात्रा र त्यस यात्रामा उनले भोगेका अनुभवहरुलाई उनी यसरी व्यक्त गर्छिन् ।
उनको यो व्यावसायमा घर परिपरिवारबाट कत्तिको साथ र सपोर्ट छ त ? भिडियो हेर्नुस्
कोरोनाले उनको गो व्यावसायलाई कस्तो असर पुर्यायो त ? (भिडियो हेर्नुस्)
उनले रोधी घरमा कति जनालाई रोजगार दिएकी छिन् ? (भिडियो हेर्नुस्)
उनको यो व्यावसायीक यात्रामा के कस्तो बाधा अर्चन आयो त ? (भिडियो हेर्नुस्)
कोरोनाले शिथिल बनाएको हरेक क्षेत्र विस्तारै तङ्ग्रीदै छ । व्यावसायलाई माथि उठाउन हरेक व्यावसायीको आत्मवल नै महत्वपूर्ण हुन्छ । उनमा पनि यस्तै आत्मबलकी खानी छ । जसले सम्पूर्ण व्यावसायीहरुलाई अघि बढ्नको लागि जीवन ऊर्जाको काम गर्छिन् । रोधिघरमा आउने जो कोहीलाई सरस्वतिको झै हाँसो र मुस्कानले झनै लालायित बनाउछिन् । उनले आफ्ना कर्मचारीसँग परिवारको जस्तो सम्बन्ध सथापित गरेकी छिन्, जसले उनलाई हरदम साथ दिन्छन् ।
उनको यो अनुभवबाट के बुझिन्छ भने , थोरै साथ र सहयोग पाउने हो भने प्रतिभाले विकासको रुप लिन समय लाग्दैन । सुचित्राको जीवन र अनुभवलाई थोरै पनि नजिकबाट नियाल्नसके प्रत्येक व्यत्तिको जीवनमा नयाँ बहार आउने निश्चित नै छ । यस्ता अर्थपूर्ण उदाहरणहरु प्रेरणाको स्रोत हुन् । हामी सम्पूणको तर्फबाट यस्ता व्यत्तिहरुलाई सधै सम्मान गरिरहने छौ । जसले समाजलाई एउटा नयाँ हौसला र हिम्मत बाड्ने गर्दछन् ।