सत्तारुढ पाँच दलिय गठबन्धनले अमेरिकी सहयोग अनुदान एमसीसी आजको प्रतिनिधिसभाको बैठकमा पास गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको गठबन्धनको बैठकेले एमसीसीको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट एमसीसी पास गर्ने निर्णय गरेको हो । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भने जारी छ ।
एमालेले भने एमसीसीबारे अझै आफ्नो धारणा बनाएको छैन । यद्दपी गठबन्धनले एमसीसीमा एमालेले साथ दिने विश्वास गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा संसदमा दर्ता गराएको एमसीसीबाट पछि नहट्ने गठबन्धनको ठम्याई छ । विगत ६ महिनादेखि एमालेबाट पाटी फुटाएर जाने माधव नेपालका १४ जना सांसद र सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्दे संसद बैठक अवरुद्ध गर्दे आएको छ । आजको संसद बैठक अहिले १ बजे बस्दैछ ।
एमसीसीमा बहुमत नजुटेपछि गत १२ गतेको लागिको बैठक सरकारकै आग्रहमा सारिएको थियो । गठबन्धनभित्रै एमसीसीमा सहमति खोजेपछि प्रधानमन्त्री देउवा ढुक्क हुने स्थितिमा छन् । यससँगै कांग्रेस र एमालेबीचको सत्ता सहकार्य तत्कालको लागि टुंगिएको छ भने गठबन्धन पनि जोगिएको छ । एमसीसीलाई लिएर फुटको डिलमा पुगेको जनता समाजवादीको विभाजन पनि तत्कालको लागि टरेको छ ।