सल्यानटार, धादिङ/राजु उप्रेती सर्वसम्मतीबाट नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सभापति चयन भएका छन् ।
आज नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका धादिङको पालिका अधिवेशनबाट उप्रेती नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिकाको सभापतिमा सर्वसम्मत ढंगबाट चयन भएका हुन् ।

त्यस्तैगरी अधिवेशनबाट निर्वाचित हुनुहुने अध्यक्ष उप्रेतीसहित उपसभापतिहरू रामप्रसाद बुर्लाकोटी, पदमप्रसाद ईटनी,सचिवहरु कमलबहादुर शाह र हरिनारायण श्रेष्ठ रहेका छन् । त्यस्तैगरी सहसचिवहरू मनोजकुमार बाँनिया र चेतबहादुर तिमल्सिना पनि निर्वाचित भएका छन् ।

सभापतिमा चयन भएपछि उप्रेतीले आफ्नो सभापतित्वमा सिंगो कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेकोमा वडा सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील साथीहरुलाई धन्यवाद दिए । उनले आफूले पाएको जिम्मेवारीलाई सदुपयोग गर्दे आगामी दिनमा गाउँपालिकामा नेपाली कांग्रेस पार्टीलाई पहिलो पार्टी बनाउने महान अभियानमा सहमति, सहकार्य र एकताको भावना बमोजिम सबैको सल्लाह र सुझाबअनुसार अगाडि बढ्ने दृढ संकल्प पनि गरे ।