काठमाडौं/नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।
शुक्रबार चितवन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै बादलले आफू प्रचण्डसँग लड्न तयार रहेको बताएका हुन् ।
प्रचण्ड र तपाईंको गृहजिल्ला चितवन भएको नाताले आगामी निर्वाचनमा दुई नेताको भिडन्त होला नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्न बादलले भने
‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने,‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।’